
काठमाडौं । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ पुष्टि भएको छ । नेपालबाट ४८ वटा नमुना छनोट गरी भारतमा परीक्षणका लागि पठाइएकोमा केही नमुनामा नयाँ भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४९ मध्ये ४७ वटा नमुनामा डेल्टा भेरियन्ट देखिएको थियो भने एउटा नमुनामा अल्फा भेरियन्ट पुष्टि भएको थियो । ४७ डेल्टा भेरियन्ट पुष्टि भएका नमुनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन भइ K4179N नामको म्यूटेसन पुष्टि भएको छ ।
भेरियन्ट हालसम्म १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट देखिएको सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो उहाँका अनुसार अहिले देखिएका तीनवटै भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने अध्ययनबाट पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्