१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


योगको उत्पत्ति भारतमा होइन, नेपालमा भएको हो– प्रधानमन्त्री ओली


13
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उत्पत्ति भारतमा नभएको दाबी गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योगको विकास भएको बेला भारत भन्ने देश नै नरहेको भन्दै भारतीय विद्वानहरूले तथ्य लुकाउने गरेको आरोप लगाउनुभयो । भारतीयहरू योगको उत्पत्ति नेपालमा भएको भन्न हिचकिचाउने गरेको उहाँको भनाइ छ ।

कोभिड–१९ संक्रमणको कारण योगको महत्व झनै बढेको भन्दै उहाँले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन योगको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा गएको भन्दै आगामी पिढीलाई सभ्यता सिकाउनु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइँलाई बढीमा दुई वर्षभित्र पराजित गर्ने पनि बताउनुभयो ।