१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढुङ्गाले लागेर पाँचथरमा शिक्षककाे मृत्यु, एक जना घाइते


0
Shares

पाँचथर । पहिरोसँगै झरेको ढुङ्गाले लागेर जिल्लामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

याङवरक गाउँपालिका–२ लेखेवाका ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको पहिरोसँगै आएको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सोही स्थानका ५२ वर्षीय खड्कबहादुर राई घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकोे छ ।

याङवरक–२ स्थित नुवाखोलाबाट निकालिएको कडरिया सिँचाइ कुलो बनाउने क्रममा करीब ५० मिटर माथि भीरबाट अचानक पहिरो झरेर उनीहरूलाई लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

खेतमा पानी लगाउने सिँचाइ कुलो अप्ठ्यारो ठाउँमा रहेकाले उनीहरू भाग्न नपाएको प्रहरीले जनाएको छ ।