
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको के फोर्टिवन सेभेन एन नामक भेरियन्ट नेपालमै उत्परिवर्तन भएको भन्ने कुनै आधार नभेटिएको जनाएको छ ।
मन्त्रालयले देशका विभिन्न स्थानका ४८ संक्रमितको नमुना परीक्षण गर्दा ४७ जनामा डेल्टा भेरियन्ट र ती मध्ये पनि ९ जनामा नयाँ म्यूटेट भेरियन्ट देखिएको जनाएको थियो । तर, उक्त भेरियन्ट नेपाल लगायत १० देशमा देखिएकाले त्यसलाई नेपालमै उत्परिवर्तित भन्न नमिल्ने जनाएको हो ।
नयाँ भेरियन्ट देखिएसँग यसको खतरा र संक्रमणको अवस्थाबारे हामीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलसँग संक्षिप्त कुराकानी गरेका छौं ।
नयाँ देखिएको नयाँ म्यूटेन्ट भेरियन्ट कत्तिको घातक छ ?
यो अलि बढी संक्रामक म्यूटेन्ट हो । यसबाट संक्रमण भएका पूरै परिवारका सदस्यमा संक्रमण भएको पाइयो ।
नयाँ भेरियन्टको सम्पर्कमा आएका व्यक्तिमा कोरोना संक्रमण भयो कि भएन ?
दोस्रो लहरमा संक्रमण भएका धेरै जनामा यो भेरियन्ट देखिएको पाइयो । जतिपनि मानिसहरूमा नयाँ भेरियन्ट देखियो उहाँहरू अहिले स्वास्थ्यलाभ गरेर घर फर्किसक्नुभएको छ ।
देखिएका व्यक्तिहरूमा कस्तो लक्षण देखिएको थियो ?
अन्य कोभिडका बिरामीहरूलाई देखिए झैँ ज्वरो आउने, शरीर दुख्ने जस्ता लक्षणहरू देखियो । संक्रमितका धेरैजना परिवारमा पनि लक्षणहरू देखियो । एक जना संक्रमितको पाँच वा छ जनाको कन्ट्याक्ट ट्रेसिङ भएको हामीले पायौं ।
यो पनि पढ्नुहोस्
नेपालमा भेटियो कोभिड–१९ को नयाँ भेरियन्ट, सबै उमेरकालाई असर गर्ने
प्रतिक्रिया दिनुहोस्