२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कांग्रेसमा नयाँ समीकरणको पहल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वका लागि नयाँ समिकरणको पहल सुरु भएको छ । भदौं १६ गतेदेखि काठमाडौंमा हुने १४ औं महाधिभवेशनमा नेतृत्व लिन अहिले पहिलो र दोस्रो पुस्ताका नेताहरुले सक्रियता बढाएका छन् ।

अबको महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गर्नुभएका उपसभापति विमलेन्द्र निधिले हिजो महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग छलफल गर्नुभएको छ ।

कांग्रेस राजनीतिमा विरासत धानेका बिवी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधीका छोराहरुबिचको यो भेटलाई अर्थपूर्ण मानिएको छ । तीन नेताबीच अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगायतसँग पनि छलफल गर्ने समझदारी भएको छ ।

उता, सभापतिमा दोहोरिने योजनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो समुहका केन्द्रीय सदस्यहरूसँग छलफल तीव्र पार्नुभएको छ । हिजो उहाँले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएको छ ।

उहाँले तीन दिनको अवधिमा सातै प्रदेशका नेताहरुसँग छलफल गरिसक्नु भएको छ । आसन्न १४ औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गर्नुभएका देउवालाई यसपटक आफ्नै समुह मिलाउन कठिन हुने देखिएको छ । उपसभापति बिमलेन्द्र निधीले साथ छाडेपनि आफुलाई कुनै फरक नपर्ने देउवाको भनाई छ ।