
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सबै सेवा सञ्चालनमा ल्याएका छन् ।
जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी यसअघि स्थगित भएका सेवा आजदेखि पुनः सञ्चालन भएका हुन् ।
कोरोना महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए ।
आजदेखि प्रशाशन कार्यालयहरुमा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सेवा सुरु भएको छ ।
त्यसैगरी हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन् ।
काठमाडौं उपत्यका बाहिरको हकमा बार छुट्याएर पालिकाहरुलाई नियमित सेवा प्रदान गर्न सहजीकरण गरिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा थप खुकुलो बनाउँदै लगेका छन् । हाल ७५ जिल्लामा निषेधाज्ञा जारी छ ।
प्रतिक्रिया दिनुहोस्