१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यान नम्बर लिनेको संख्या बढ्यो


0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सात लाख ६ हजार ३०२ जना करदाता थपिएका छन् । साउनदेखि वैशाख मसान्तसम्म उनीहरुले स्थायी लेखा (प्यान) नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

थपिएका करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने सबैभन्दा बढी चार लाख ६८ हजार १३४ रहेका छन् । यसैगरी थप दुई लाख ३४ हजार १४० जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका हुन् ।

सो अवधिमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर चार हजार २८ रहेको छ । यसैगरी मूल्य अभिवृद्धि करतर्फ ३२ हजार ७४५ र अन्तः शुल्कतर्फ १७ हजार १९९ करदाता थपिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै स्थायी लेखा नम्बर लिने करदाताको कूल संख्या ४० लाख ४३ हजार ७९४ पुगेको छ । कूल करदातामध्ये व्यवसायिक स्थायीलेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५८६ र करकट्टी गने निकायले लिएको स्थायी लेखा नम्बर नौ हजार १३४ पुगेको छ ।

यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको सख्या दुई लाख ४८ हजार ७०८ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या एक लाख ११ हजार ४९१ पुगेको छ ।