
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने/नपर्ने सन्दर्भमा विपक्षीसहित आज छलफल गर्ने भएको हो ।
रिटको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमारप्रसाद ढुंगानाको इजलास तोकिएको छ ।
जेठ ६ गते सर्वोच्चले सांसद पद गुमेर पुनर्नियुक्ति भएका ६ मन्त्रीको पद खारेज गरी काम–कारबाहीमा रोक लगाएका थियो ।
त्यसपछि प्रधानमन्त्री ओलीले चुनावी सरकारको विस्तार भन्दै जेठ २१ र २८ मा पुनः मन्त्रिपरिषदमा नयाँ सदस्य थप गर्नुभएको थियो ।
कामचलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नहुने भन्दै रिट दायर गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीले २८ गतेको मन्त्रिपरिषद् विस्तारविरुद्ध पुनः पूरक निवेदन पेस गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्