
web pic
बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका रात्माटामा आज भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातमाटा सडकबाट करिब २० मिटर तल खस्दा बागलुङ नगरपालिका वडा नम्बर १२ का १८ वर्षीय सरोज विकको मृत्यु भएको हो । उनको धौलागिरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्