१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना खोप लगाउन अस्वीकार गर्नेलाई कारागार चलान गर्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी


0
Shares

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले कोरोना भाइरस विरूद्धको खोप लगाउन अस्वीकार गर्नेलााई कारागार चलान गर्ने चेतावनी दिएका छन् ।

राजधानी मनिलाका खोप केन्द्रहरूमा खोप लगाउन कम मात्रामा सर्वसाधारण गएपछि राष्ट्रपति दुतुर्तेले यस्तो चेतावनी दिएका हुन् ।

फिलिपिन्समा अहिलेसम्म १३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ भने २३ हजारले ज्यान गुमाएका छन् ।

फिलिपिन्सका स्वास्थ्य अधिकारीहरूले यसअघि नागरिकलाई खोप लगाउन आग्रह गरेपनि त्यो स्वेच्छिक हुने बताएका थिए ।

फिलिपिन्समा २१ लाख मानिसहरूलाई पूर्ण रूपमा खोप लगाइएको छ । ११ करोड जनसंख्या भएको फिलिपिन्समा सरकारले सन् २०२१ को अन्त्यसम्म ७ करोड मानिसलाई खोप लगाउने लक्ष्य राखेको छ ।