
बिबेक भण्डारी
नवलपुर । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्र्तगतको सडक गुणस्तरीय बनाउन स्थानीयले माग गरेका छन् ।
राष्ट्रिय गौरवको अयोजनानै गुणस्तरहीन भएको भन्दै स्थानीयले गुणस्तरीय सडकको माग गरेका हुन् ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत गैडाकोट कालिगण्डकी चोकदेखि पाल्पासम्म जोड्ने गरी निर्माण गरिएको सडक टालटुले भएको भन्दै गुणस्तरीय सडक बनाउनु पर्ने माग स्थानीयले गरेका छन् ।
आयोजना सम्झौता भएको लामो समय पछि बल्ल तल्ल निर्माण सुरु भएको यो आयोजना अन्र्तगतको सडक गुणस्तरहीन भएको भन्दै त्यसको बिरोध गरेका छन् ।
बाटोको सुविधा नपुगेका कतिपय क्षेत्रमा कालिगण्डकी करिडोरका कारण बाटो जोडिए पनि निर्माणको काम फितलो भएको स्थानिय बासिन्दा नरबहादुर रानाभाटले बताउनुभयो ।
सडक बनेपछि सुविधा भएपनि सडक टिकाउ हुने नदेखिएकाले बिरोध गरेको उहाँको भनाइ छ ।
अर्का स्थानीय मोहन रानाभाटले शहरी क्षेत्रमा गरिएको सडक कालोपत्रे र गाउँमा गरिएको कालोपत्रेमा बिभेद देखिएको भन्दै कमिसनको खेलले गर्दा सडक टिकाउ नहुने आरोप लगाउनुभयो ।
तर, सडक निर्माण गुणस्तरहीन हुँदासमेत सम्बन्धित निकाय मौन रहेको भन्दै गुणस्तरीय सडक निर्माण नगरे आन्दोलन गर्ने बताउनुभयो ।
भारतिय इकेके कन्ट्रक्सनले सडक निर्माणको जिम्मा पाएको हो । उक्त कन्ट्रक्सनले सडक निर्माणका क्रममा सम्झौता गरेको मापडण्ड अनुसार सडक बनाएको छैन् ।
सडक कालोपत्रे नसकीदै उक्कीन थालेको बुलिङ्गटार गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष पेमेबहादुर थापाले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा सम्बन्धित निकायको नियमित अनुगमन नहुँदा निर्माण गरिएका सडक र अन्य भौतिक विकासमा गुनासो बढी आउने गरेको पाइन्छ ।
यसमा संम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने देखिन्छ । (भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्