
काठमाडौं । संसद विघटन सम्बन्धीका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाई सुरु भएको छ ।
प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ जना सांसदले दिएको रिटमाथि सुनुवाई सुरु भएको हो ।
पहिलोे दिनको सुनुवाइमा देउवा पक्षबाट तीन जना वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव तथा दुई जना अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गर्नुहुनेछ ।
नेपाल बार एसोसिएसनका पूर्व महासचिव समेत रहनुभएका अधिवक्ता खातीले २० मिनेट बहस गर्ने र त्यसपछि अधिवक्ता बन्दी र वरिष्ठ अधिवक्ता यादवले ४०–४० मिनेट बहस गर्ने सर्वोच्च अदालत प्रशासनले जारी गरेको सुचनामा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्