
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पतालले मात्र कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले सरकारी अस्पतालले मात्र अब संक्रमितको निशुल्क उपचार गर्नुपर्ने निर्णय भएको जानकारी दिनुभयो ।
निजी अस्पतालमा असार ८ गते भर्ना भएका बिरामीलाई १० दिन सम्म उपचार गरेको शोधभर्ना मात्र दिने भन्दै निःशुल्क उपचार गर्ने सूचीबाट निजी अस्पताललाई हटाइको प्रवक्ता डा. पौडेलले बताउनुभयो ।
सरकारले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पतालहरूसँग समन्वय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्