१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालबालिकाको झगडामा अभिभावकबीच झडप, २० भन्दा बढी स्थानीय घाइते


0
Shares

सर्लाही । बरहथवा नगरपालिकामा दुई गाउँका स्थानीयबीच कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

नगरपालिका वडा नम्बर १७ पडरिया टोल र वडा नम्बर १८ श्रीपुरका स्थानीयबीच बालबालिकाको झगडाको विषयलाई लिएर भएको झडपमा २० भन्दा धेरै व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

बालबालिकाले जामुनको विषयलाई लिएर झगडा भएकोमा उनीहरूका अभिभावक आएर झगडा बल्झाएको भाटले बताउनुभयो । मंगलबार दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरी चोटपटक लागेको उहाँको भनाइ छ । झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएको थियो ।

यद्यपि अहिले झडप नियन्त्रणमा आएको र घाइतेलाई उपचारको प्रबन्ध भइरहेको प्रहरीले जनाएको छ । झडप नियन्त्रणका लागि पुगेको प्रहरीसमेत घाइते भएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो ।