२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इथियोपियामा वायु सेनाको कारवाहीमा कम्तिमा ८० जना मारिएको आशंका


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा वायु सेनाको कारवाहीमा कम्तिमा ८० जना मारिएको आशंका गरिएको छ ।

इथियोपियाको उत्तरी तिग्रे प्रान्तमा गरिएको हवाइ हमलामा थुप्रै घाइते भएका छन् । इथियोपियाली सेनाले विद्रोहीहरुबाट बढेको सुरक्षा खतरा तटस्थ बनाउन हवाई हमला गरेको जनाएको छ ।

टिग्रे प्रान्तको राजधानी मेकेल्लेबाट २५ किलोमिटर टाढा टोगोगा शहरको व्यस्त बजारमा हवाई हमला गरिएको हो ।

सर्वसाधारणमाथि लक्षित गरी हवाई हमला नगरेको सेनाले स्पष्ट पारेको छ । यद्दपी संयुक्त राष्ट्रसंघले भने घटनाको छानबीन गर्न माग गरेको छ ।

इथियोपियामा विद्रोहीहरुले हालैका दिनमा आतंकबादी घटनाहरु गर्दै आएका कारण सरकारले उक्त क्षेत्रमा हवाइ कारवाही तीव्र पारेको जनाएको छ ।

आक्रमणलगत्तै रेडक्रसलगायतका सहायता संस्थाहरुले घाइतेहरुको उद्धार गरेका छन् ।