
एजेन्सी । क्राइमिया नजिकको ‘ब्ल्याक सि’ मा रुस र बेलायतका जलसेनाबिच तनाव पैदा भएको छ ।
बेलायतको युद्धपोत ‘एच.एम.एस डिफेन्डर’ हिजो क्राईमिया नजिकको सागरमा प्रवेश गरेपछि रुसी लडाकु विमान र कोष्ट गार्डका डुंगाहरुले चेतावनी स्वरुप गोली प्रहार गरेका छन् ।
युक्रेनसँगको विवादपछि रुसमा गाभिएको क्राइमिया नजिक ब्ल्याक सि को अधिकांश भागलाई रुसले आफ्नो जल क्षेत्र भन्दै आएको छ ।
सोही ठाउँमा बेलायती युद्धपोत प्रवेश गरेपछि उसलाई फर्काउन चेतावनी स्वरुप उसको मार्गमा बम खसालिएको मस्कोले जनाएको छ ।
आफ्नो जलक्षेत्रमा झण्डै ३ किलोमिटर भित्र प्रवेश गरेको बेलायती युद्धपोतलाई फर्काउन कम्तिमा २१ वटा लडाकु विमान तथा केही डुंगा तैनाथ गरिएको रुसले जनाउको छ ।
बेलायतले भने आफ्नो युद्धपोतले रुसी जलक्षेत्र नमिचेको तथा तटस्थ क्षेत्रमा नियमित गस्ती मात्रै गरेको दावी गरेको छ । आफ्नो युद्धपोत युक्रेनको ओडेसाबाट जर्जीयातर्फ जाँदै गरेको बेलायतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्