
इलाम । इलाम अस्पतालमा डायलासिस मेसिन सञ्चालन हुन नसक्दा मिर्गौला रोगीहरु पीडित भएका छन् ।
इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला पीडितहरु सेवाबाट वञ्चित हुनु पर्दा झापा जानु पर्ने बाध्यतामा छन् ।
इलाम नगरपालिका र रोटरी क्लब धरानले छ महिनाअघि इलाम अस्पताललाई मेसिन हस्तान्तरण गरेको थियो ।
ती मेसिन अस्पतालमा जडान गरिएको भएपनि जनशतिm अभावमा सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
करुणा फाउण्डेशनले अस्पताललाई दिएको झण्डै सात लाख रुपैयाँ बराबरको क्रायो थेरापी मेसिन पनि प्रयोगमा आउन सकेको छैन ।
महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक उपचारका लागि प्रयोग हुने क्रायो थेरापी मेशिन फाउण्डेशनले दुई वर्षअघि नै अस्पताललाई हस्तान्तरण गरेको थियो ।
इलाम अस्पताललाई १५ शैयाबाट स्तरवृद्धि गरेर ५० शैयाको बनाइएको वर्षौं बितिस्कदा पनि अस्पतालको स्तरोन्नती हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्