
फाइल तस्वीर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौं अधिवेशन आह्वान गर्नुभएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असार १७ गते दिउँसो ४ बजे बस्ने गरी राष्ट्रियसभाको आठौं अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभाको बैठक औपचारिकतामा मात्र सीमित हुने देखिएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशन आह्वान हुँदा पनि प्रतिनिधिसभा विघटन भएकाले सोचे अनुरूप काम गर्न सकेको थिएन ।
यसअघि पुस ५ गते प्रतिनिसभा विघटन गर्दै प्रधानमन्त्री ओलीले पुस १७ गते राष्ट्रिय सभा आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्