
कविराज घिमिरे/ईमेज:
धनकुटा । फोहोरमैला व्यवस्थापनको दृष्टीले धनकुटा नगरपालिका देशकै उत्कृष्ट नगरपालिका हो ।
फोहोरमैला ब्यबस्थापनमा आफूलाई सफल प्रमाणित गरी देशकै सफा नगरपालिकाको बनिसकेको धनकुटा नगरपालिकाको ध्यान यतिबेला भने सुन्दर पार्क निर्माण गरी सफा सँगै सुन्दर र आकर्षक नगरपालिका बन्नेतर्फ केन्द्रीत छ ।
नगरपालिकाले सार्वजनिक स्थानमा धमाधम पार्क निर्माण गर्न थालेपछि बजार क्षेत्रका खाली स्थानको परिचय फेरिएको हो ।
बजार क्षेत्रमा मात्र एक बर्षको अन्तरालमा आठ वटा पार्क तथा फुलबारी निर्माण भएका छन् ।
चुवाको बोट स्थित ग्रीन पार्क र सिरान बजारमा निर्माण गरिएको शिब पार्क धनकुटा नगरपालिका मार्फत वडाले निर्माण गरेका नमुना पार्क हुन् ।
यी दुई बाहेक घुमाउने चौतारी र मार्गा थान र पार्कमा पार्क, परिचय मोडमा तथा नगरपालिकाको गेष्ठ हाउस मुनी फुलबारी निर्माण गरिएको छ ।
निर्माणपार्क निर्माण संगै धनकुटाको मुहार फेरिनकुको साथै पर्यटक तान्न मद्धत गर्ने स्थानीय तथा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए ।
राणा कालमा पर्बको प्रसासनीक केन्द्र हुँदै पुर्बाञ्चलको सदरमुकामको रुपमा रहेको धनकुटा नयाँ संरचना अनुसार सात प्रदेशमा बिभाजन हुँदा प्रदेश १ को केन्द्र भागमा रहे पनि प्रदेश राजधानी बन्न भने सकेन ।
राजधानी नरहँदा तुलनात्मक रुपमा धनकुटाको चहलपहल पहिले भन्दा कम हुँदै जानु स्वभाकिकै थियो ।
त्यसैले चहलपहल लाई पुरानै अबस्थामा रोकी राख्न, हरियाली तथा सुन्दर नगरपालिकाको रुपमा बिकास गर्न पार्क निर्माणलाई प्राथमिकतामा राखिएको धनकुटा नगरपालिकाको उपमेयर सकुन्तला बस्नेत बताइन ।
त्यसो त नगरपालिकामा बितेको आर्थिक बर्षबाट मात्रै पार्क निर्माणको काम सुरु भएको भने होइन ।
यस अघि देखिनै धनकुटामा पार्क निर्माणका काम सुरु भएको थियो । जिल्लाकै पुरानो पार्क सल्लेरी बन भित्र रहेको महेन्द्र पार्क हो ।
यो एक समयको पुर्बमा निक्कै ख्याती कमाएको पार्क हो तर अहिले यो पार्क संरक्षणको पर्खाइमा रहेको छ ।
यो बाहेक निर्माणधिन अबस्थामा रहेको चुलिबन पार्क करिब पाँच बर्ष अघिबाट नै निर्माण सुरु भएको हो ।
त्यस्तै पञ्चमी पार्क, लहरे चौतारो, सेल्फी चौतारी यस अघिनै निर्माण भइसकेका छन् ।
यसैलाई निरन्तरता दिएको नगरपालिकाले चालु आर्थिक बर्षको लागि समेत पार्क निर्माणमा ४७ लाख रुपैयां बिनियाजन गरेको छ ।
यसले आधा दर्जन भन्दा बढि नयाँ पार्क थपिने नगरपालिकाका प्रबक्ता जमसेर राईले जानकारी दिए ।
देशकै सफा नगरपालिकाको उपमा पाएको धनकुटा नगरपालिकालाई पार्क निर्माणले सफा संगै सुन्दर र आकर्षक नगरपालिकाको रुपमा परिचय थपिने गर्ने निश्चित छ । त्यसैले नयाँ पार्क निर्माण संगै यस्ता पुराना पार्कको समेत संरक्षण गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्