
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गल्ती र कमीकमजोरीलाई सच्याएर आए केपी शर्मा ओलीलाई स्वागत गर्न तयार रहेको उहाँले बताउनुभएको छ ।
बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्र्तक्रियामा बोल्दै नेपालले मानिसबाट कहिलेकाहीँ गल्ती हुने भएकाले गल्ती स्वीकारेर कोर्स करेक्सन गरेर आएको खण्डमा स्वागत गर्न तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरि कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’
नेपाललले आफूहरू देश र जनताको हितको निम्ति दृढताका साथ अगाडी बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफुहरूको चिन्ता र चासो देशको स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने रहेको उहाँको जिकीर छ ।
उहाँले भन्नुभयो – ‘देशको हितको लागि, जनताको हितको लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडी बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन ।’
‘कसरी देशको स्वाधिनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ,’ उहाँले थप्नुभयो, ‘गल्ती स्वीकार्दै सच्चिएर आए ओलीजीलाई स्वागत छ ।’
प्रतिक्रिया दिनुहोस्