१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यादवको आक्रोश, ‘ओली बाहेक अरुलाई प्रधानमन्त्री देख्नै सक्तिनँ भन्नुपर्‍याे कि त…’


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको भूमिका शंस्कास्पद र प्रश्नवाचक रहेको बताउनुभएको छ ।

बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा बोल्दै यादवले देउवलाई आह्वानमुताविक प्रक्रिया पुर्‍याएर दावी पेश गर्दा पनि नियुक्ति नगर्नुले राष्ट्रपतिको भूमिका शंस्कास्पद र प्रश्नवाचक रहेको बताउनुभयो ।

यादवले राष्ट्रपतिले ओलीबाहेक अरुलाई प्रधानमन्त्री देख्दै नसक्ने व्यवहार देखाएको आरोप लगाउनुभयो ।

‘प्रधानमन्त्रीका लागि किन आव्हान गरियो र आव्हान मुताविक दावी पेश गर्दा किन प्रधानमन्त्री नियुक्त गरिएन ? राष्ट्रपतिको भूमिका पनि प्रश्नवाचक र शंकास्पद छ,’ उहाँले भन्नुभयो, ‘कि त भन्नुपर्‍यो ओली बाहेक अरुलाई प्रधानमन्त्री देख्नै सक्दिन भनेर, होइन भने प्रधानमन्त्रीको रूपमा नियुक्त नगर्नुपर्ने कारण नै छैन ।’

प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र नरहने बताउनुभयो । लोकतन्त्र नरहे शान्ति, समृद्धि र स्थिरता अगाडी नबढ्ने पनि बताउँदै राष्ट्रपतिबाट लोकतन्त्रलाई खतरा रहेको उहाँको आरोप छ ।

सर्वोच्च अदालतले संविधान, लोकतन्त्र र न्यायको पक्षमा फैसला गर्ने यादवकाे विश्वास छ । विघटन लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारिता लाद्नका लागि गरेको उहाँको ठहर छ ।