१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असारको सुरुमै नारायणी नदीको भेलले स्थानीय चिन्तित, खेतबारी बालुवामा परिणत


0
Shares

डोलराज रानाभाट
चितवन । असारको सुरुमै नारायणी नदीको भेलले वितण्डा मच्चाएपछि भरतपुरका स्थानीय बिलखवन्दमा परेका छन् । उर्लिएको नारायणी नदी पसेर पाक्न लाको धान र खेत बालुवामा परिणत गरिदिँदा यहाँका बासिन्दा मारमा छन् ।

लगातारको बर्षाको कारण उच्च विन्दुमा उर्लिएको नारायणी नदीको सतह अहिले घटेको झै देखिन्छ । तर, यसले पु¥याएको क्षतिको आंकलन भने दिनदिनै बढ्दै गएको छ ।

यो नदीकै कारण डर र त्रासमा बाँचेकी भरतपुर २६ सिसई बस्तीकी जेनी महतोको अहिलेसम्म न डर घट्यो न चिन्ता नै ? नारायणी नदीको उर्लदो भेल पसेर पाक्नै लागेको चैते धान हेर्दा हेर्दे सखाप बनाई दियो ।

बाढीले सोत्तर बनाएपछि अहिले पाक्न लागेको धानको नाम निसाना नै छैन् । यही धान पाकेपछि घर खर्च र लालाबालाको पेट पालौला भन्ने आशपालेकी महतो अहिले यसरी वालुवाले पुरेको धानको वाला टिपिरहनुभएको देखिन्छ ।

असार १,२ र ३ गते निरन्तर आएको नारायणी नदीको बाढीले सिसईमा ४० विघाजति खेतीयोग्य जमिन ३ फिटसम्मको बालुवा थुप्रिएर पुरिएको छ ।

त्यसैगरी किसानले लगाएको केराको बगान वगाएर नारायणी नदीले कहाँ पु¥यायो अत्तोपत्तो छैन् । जेनतेन नदीको बाढी केहि घट्यो तर, उनीहरुको मनको बाढी भने घटेको छैन् ।

त्यसो त जव डुवान हुन्छ तव नेताहरुको डुवान क्षेत्रको अवलोकन गर्ने बर्षेनी तछाडमछाड गरेको देखिन्छ । तर, अहिलेसम्म उनीहरुबाट आश्वासन बाहेक दीर्घकालीन राहतका योजना पीडितहरुले पाउन सकेका छैनन् ।

शुकराम महतोलाई बाढी नियन्त्रण र कटान रोक्न ठूलै बजेट सहित राम्रो काम गर्छन की भन्ने आशा थियो । बाढी पसेको क्षेत्र अवलोकनका लागि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र सोही क्षेत्रका निवर्तमान संघीय सांसद पुष्पकमल दाहाल प्रचण्ड नआएका भने होइनन ।

तर उनीहरु आए गए कति स्थानीयलाई त पत्तो नै छैन । बाढी घटेको समय आउने र हेर्ने तर, समस्यामा पर्दा कोही नेताहरु नआउने चरित्रले गर्दा स्थानीय आजित बनेका छन् ।

हुन त नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख रुकमाङ्गत खनालले पनि बजेटकै समस्या भएको बताउनुभयो । राष्ट्रिय निकुञ्जका ऐन, बजेट निकासा र टेण्डर प्रकृयाका झन्झटीलोका कारण समयमै काम गर्न नपाएको बताउनुहुन्छ ।
बर्षेनी कुरा गर्ने तर, काम नगर्ने प्रवृतिले गर्दा बाढीले बर्षेनी यहाँका बासिन्दाको बिल्लीबाठ बनाउँदै आएको छ ।(भिडियो हेर्नुहोस्)