१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘भेरोसेल’ खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ देखि दोस्रो डोज लगाइने


0
Shares

काठमाडौं । कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको पहिलो डोज लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ ।

जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ ।

खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने जानकारी दिनुभयो ।

अघिल्लो खोप अभियानमा भेरोसेल खोपको पहिलो डोज लगाएका र दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने भएका छन् । पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।

६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइका छन् ।