२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


आग्रह र पूर्वाग्रहबाट अलग रहेको काम गर्छु– काउन्सिल अध्यक्ष बस्नेत


0
Shares

नुवाकोट । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आग्रह र पूर्वाग्रहबाट अलग रहेर काम गर्ने बताउनुभएको छ ।

मिडिया अनुगमनका क्रममा शनिबार नुवाकोट पुग्नुभएका अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरूसँगको छलफलमा काउन्सिलमा रहँदा पूर्वाग्रहबाट मुक्त भइ कार्य सम्पादन गर्ने बताउनुभयो ।

सञ्चार माध्यमहरूको विकास र प्रवद्र्धनका लागि सक्दो प्रयास गर्ने बताउँदै उहाँले स्वच्छ र मर्यादित काउन्सिल आफ्नो प्रतिबद्धता रहेको समेत स्मरण गराउनुभयो । काउन्सिल सबै पत्रकारको साझा संस्था भएकाले हरेक पत्रकार र मिडियाको स्वामित्व हुने अध्यक्ष बस्नेतको भनाइ थियो ।

साथै उहाँले सोसल मिडियाबाट आउने अडियो–भिडियो सामग्रीहरूमा पत्रकारिता भए–नभएकोबारे काउन्सिलले सुक्ष्म अध्ययन गर्दै रेकर्ड राखेको बताउनुभयो ।