
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्काे रूपमा उठिरहेको छ ।
असन्तुष्ट पक्षको सोही माग सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत हुनुभएको हो । हिजोको स्थायी कमिटि बैठकमा सहभागि एक नेताका अनुसार अब पार्टीमा महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना रहने छैन ।
पार्टीलाई एकताबद्ध बनाउन महाधिवेशन आयोजक कमिटी विघटन गरेर साबिकको एमाले केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी भएको छ। यसैको लागि महाधिवेशन आयोजक कमिटिको अन्तिम बैठक बोलाईएको बुझिएको छ ।
एमालको स्थायी कमिटि बैठक भोलि बस्नेछ भने पर्सि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ । त्यसपछि भने पार्टी माओवादीसँगको एकता पूर्वको अवस्था अर्थात २०७५ साल जेठ २ गतेको संरचनामा फर्कीनेछ ।
प्रतिक्रिया दिनुहोस्