१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले वडाध्यक्षले कार्यकक्षमै सब–इञ्जीनियरलाई कुटे


0
Shares

काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ ।

वडाध्यक्ष खत्रीले वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको शाहीले आरोप लगाउनुभएको छ ।

शाहीको मुखमा समेत चोट लागेको बताइएको छ । “म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ, केही केटासहित एक्कासि वडाध्यक्ष आएर झम्टिहाल्नु भयो । मुक्का प्रहार गर्नुभयो, लछारपछार गर्नुभयो । गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो । त्यसपछि भागेर ज्यान जोगाएँ’, शाहीले भन्नुभयो ।

तर अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको तर कुटपिट नगरेको बताउनु भएको छ ।

अध्यक्ष खत्रीले भन्नुभयो, सब–इञ्जीनियर शाहीलाई स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो मात्रै गरेको थिए उहाँले आक्रमण गरेको भन्दै हल्ला गर्नुभएछ ।

खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।