
काठमाडौं । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् ।
कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८र०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।
झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताउनुभयो ।
उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट २० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्