
web pic
महोत्तरी । मनरासिस्वा नगरपालिकामा वर्षासँगै परेको चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनरासिस्वा–४ साढा गाउँकी ५० वर्षीया प्रेमशिला देवी र वडा नम्बर ५ कटैया गाउँका ८० वर्षीय विशेश्वर राय छन् ।
देवीको घरनजिकै खेतमा राखिएको धानको बिउमा मल राखिरहँदा र रायको गाउँ नजिक भैँसी चराउँदै गर्दा सोमबार बिहान चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्