
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैले शुल्क लिएर कोभिड–१९ विरुद्धको खोप लगाउने बताए तत्काल मन्त्रालय वा स्थानीय प्रशासनमा खबर गर्न आग्रह गरेको छ ।
भित्रभित्रै ठूलो रकम लिएर कोभिडको खोपको व्यापार भइरहेको चर्चा चलिरहेको बेला स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो । नेपालमा सरकारी निकायबाहेक अरु कसैलाई कोरोनाको खोप वितरणको अनुमति नरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
कसैको झुटो आश्वासनमा परेर ठगीको सिकार नबन्न आग्रह गर्दै मन्त्रालयले आफ्नो पालो कुरेर सरकारले दिएको निःशुल्क खोप लगाउन पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्