१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायतमा कोरोना संक्रमणदर वृद्धि : एकैदिनमा २२ हजार ८ सय ६८ नयाँ संक्रमित थपिए


0
Shares

एजेन्सी । बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो ।

हिजो २४ घन्टाको अवधिमा २२ हजार ८ सय ६८ नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत जनवरी ३० पछिको सबैभन्दा बढी हो ।

कोरोना महामारी नियन्त्रणका लागि पटक पटक थपिएको लकडाउनका बीच पनि संक्रमण दर नघटेको भन्दै नियन्त्रणका लागि थप कदम चाल्ने बेलायत सरकारको तयारी छ ।

कोराना महामारीकाबीच बेलायतमा ७ करोड ७० लाख भन्दा बढीलाइ खोप दिइएको छ ।