१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोपा अमरिका : अर्जेन्टिना र उरुग्वे विजयी


0
Shares

एजेन्सी । कोपा अमरिका फुटबलमा अर्जेन्टिानले बोलिभियालाई ४–१ ले हराएको छ ।

ब्राजिलमा आज बिहान भएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा अलेहान्द्रो गोमेज र लौतारो मार्टीनेजले एक एक गोल थपे ।

बोलिभियाका इर्वीन साभेद्राले एक गोल फर्काए । आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । २१ औं मिनेटमा पाएको पेनाल्टीमा एडिन्सन काभानीले गोल गरेपछि उरुग्वे १–० ले विजयी भयो ।

आजका खेलहरुपछि कोपा अमेरिका फुटबलको क्वाटरफाईनल खेल तालिका तय भएको छ । क्वाटरफाईनलमा अर्जेन्टिना र इक्वेडर ब्राजिल र चिली, उरुवे र कोलम्बिया तथा पाराग्वे र पेरु भिड्नेछन् ।