
एजेन्सी । अत्यधिक गर्मीले क्यानडाको जनजीवन अस्तव्यस्त भएको छ । क्यानाडका केही शहरमा हिजो गर्मीले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ ।
पश्चिमी क्यानडास्थित ब्रिटिस कोलम्बिया प्रान्तको लाइटन शहरमा ४६ दशमलव ६ डिग्री तापक्रम पुगेको छ । यो युएईको दुबईमा भदा बढी हो ।
क्यानडाका वातावरण तथा मौसमविद्हरुले पश्चिम क्यानडाका केही भूभागमा तापमान ४७ डिग्री पार गर्ने प्रबल सम्भावना रहेको बताएका छन् ।
विज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण यस किसिमका असामान्य मौसमी घटनाहरु आगामी दिनमा झन बढ्दै जानेछन् ।
यो चरम गर्मीको अवस्था अमेरिकाको क्यालिफोर्नियाबाट क्यानडाको आर्टिक क्षेत्रसम्म फैलिएको बताइएको छ । अमेरिकाको वासिङटन र आरेगन राज्यमा पनि अहिले गर्मी अत्यधिक बढेको छ ।
प्रतिक्रिया दिनुहोस्