
तस्विर फाइल
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ ।
आज दिउँसो संसद भवन नयाँबानेश्वरमा हुने अन्तरक्रियामा पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले सम्पादकहरुसँग अन्तरक्रिया गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाले यसको विरोध गर्दै आउनु भएको छ ।
उहाँले सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरुको पनि विरोध गर्दै आउनु भएको छ ।
सभामुख सापकोटाले यसअघि पूर्वसभामुख, पूर्वप्रधानमन्त्रीहरु तथा कानुनविद्हरुसँग छुट्टाछुट्टै छलफल गरिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्