१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यातायात मजदुर संगठनले भने, ‘आज हैन १८ गतेबाट देशभर सार्वजनिक सवारी साधन चलाउँछौं’


0
Shares

काठमाडौं । सरकारले आजदेखि काठमाण्डौं उपत्यकामा सार्वजनिक सवारी साधन चलाउने निर्णयको यातायात मजदुर संगठनहरुले विरोध गरेका छन् । काठमाडौं ललितपुर र भक्तपुरमा २५ सिट भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात मजदुर संगठनहरुले देशभर यातायात सञ्चालन गर्नुपर्ने माग गर्दै सरकारको निर्णयको विरोध गरेका हुन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संगठनले सार्वजनिक यातयात सञ्चालन गर्ने निर्णय असार १० गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको कार्यकक्षमा भएको सरोकारवालको बैठकमा दिएको सुझाव विपरित भएको उल्लेख गरेका छन् ।

सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै निजी सावारी साधन, पसल, व्यापार व्यवसाय क्रमश खुल्दै जाने तर अर्थतन्त्र गतिशिल बनाउने सार्वजनिक सवारी साधनमा भने अंकुश लगाउनु अव्यवहारिक भएको भन्दै आफ्नो माग पुरा नभए सार्वजनिक यातयात चल्न नदिने बताएका छन् ।

उनीहरुले माग पुरा नभए १८ गतेबाट मात्रै यातायात सञ्चालन गर्ने जनाएका छन् । मजदुर संगठनहरुले सम्पूर्ण यातायात मजदुरहरुलाई १८ गतेबाट देशभर यातायात सञ्चालन गर्न आग्रह गरेका छन् ।

मजदुर संगठनहरुले दिएका सुझावलाई बेवास्था गर्दै एकांकी रुपमा असार १५ बाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय तत्काल सच्याउन पनि आग्रह गरेका छन् ।