
बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पाचौँ पटक निषेधाज्ञा थप गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले आदेश जारी गर्दै पाचौँ पटक निषेधाज्ञा थपेको जानकारी दिनुभयो । जारी निषेधाज्ञा असार मसान्तसम्म कायम रहने जनाइएको छ ।
कोरोना भाइरसको संक्रमणदर घटेको भए पनि जोखिम कायमै रहेकोले केही खुकुलो गर्दै असार ३१ गतेसम्म लम्ब्याइएको प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय मंगलबार राती १२ बजेपछि सकिँदैछ ।
निषेधाज्ञा खुकुलो भएसँगै बुधबारदेखि जिल्लाभरी सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आउने भएका छन् । सवारीमा सीट क्षमताको आधा यात्रु बोक्न पाइने प्रशासनले जनाएको छ ।
सबै कार्यालयहरुले सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्नुपर्नेछ भने सार्वजनिक सेवा प्रवाह गर्दा स्थानीय तहहरुको आलोपालो मिलाई तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । सबै प्रकारका पसलहरु बिहान ७ देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछन् । होटेल तथा रेष्टुराहरुले होमडेलीभरी तथा टेकवे सेवा सञ्चालन गर्न सक्नेछन् ।
कोरोनाकै कारण जिल्लाका हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्