
काठमाडौं । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बस्न अघि स्थायी कमिटी बैठक बस्ने भएको छ ।
बुधबार बस्ने महाधिवेशन आयोजक कमिटीको तयारीबारे छलफल गर्न मंगलबार ५ बजे बैठक बोलाइएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । सर्वोच्च अदालतले आयोजक कमिटीको कारबाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ अघि फर्काउन माधव नेपाल पक्षले माग राखेको सन्दर्भमा संस्थापन पक्षले केन्द्रीय कमिटीको बैठक पनि आह्वान गर्नसक्ने नेम्वाङले बताउनुभयो ।
त्यसका लागि बुधबार महाधिवेशन आयोजक कमिटी बैठक बसेर सम्भवत बिहिबार केन्द्रीय कमिटी बैठक आह्वान गर्न लागिएको बुझिएको छ । महाधिवेशन आयोजक कमिटीलाई रुपान्तरण गरी केन्द्रीय कमिटिको बैठक बोलाए नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू स्वतः पुनर्वहाली हुने र केन्द्रीय कमिटी बैठकमा माधव नेपाल वरिष्ठ नेताकै हैसियतसहित अन्य पदाधिकारीहरुको पनि यथावत जिम्मेवारीमा रहने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्