१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शेयर बजारमा सामान्य गिरावट, पाँच फाइनान्स कम्पनीमा सकारात्मक सर्किट


0
Shares

काठमाडौं । मंगलबार ४७.५ अंकको गिरावट आएको शेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढाव आएको बजार परिसूचक ‘नेप्से’ ४ अंकले घटेर २ हजार ८ सय २३ अंकमा रोकिएको छ ।

यसदिन विकास बैंक १ सय ३६ र फाइनान्स १ सय १८ बढ्दा जीवन बीमा समूह १ सय १२ अंकले घटेको छ । ६ वटा समूह हरियो हुँदा ७ वटा समूह राताम्मे बने ।

यसदिन फाइनान्स कम्पनीहरूमा सकरात्मक सर्किट लाग्दा हाइड्रोपावर र लघुवित्तहरूको शेयरमा भारी गिरावट आएको छ । पोखरा, सेन्ट्रल, नेपाल, मल्टिपर्पोज र प्रोजेसिभ फाइनान्सका शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेका छन् ।

यस्तै खानीखोला हाइड्रो, गणपति माइक्रोफाइनान्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कपम्नी लगायका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

बुधबार २ सय २० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १ सय कित्ता शेयरको किनेबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४ सय ३५ रुपैयाँको कारोबार भएको छ ।