
काठमाडौं । सरकारले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिमा पदाधिकारी नियुक्त गरेको छ ।
केही महिना अघि जारी गरिएको आदेश ऐन अन्तर्गत ‘नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति’ गठन गरिएकोमा मन्त्रिपरिषद्को बैठकले समितिमा पदाधिकारी नियुक्त गरेको हो । समितिको अध्यक्षमा डा. अर्जुन कार्कीलाई नियुक्त गरिएको छ भने समितिमा ९ जना सदस्य रहेका छन् ।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा बुधबार समितिका पदाधिकारीहरु घोषणा गर्नुभएको हो । जस अनुसार डा. अमिना सिंह, डा. असिम ढकाल, प्राध्यापक डा. विपिनचन्द्र अधिकारी, विरेस शाह, डा. दोभान राई, डा. संगिता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणा रहेका छन् ।
पूर्वी नवलपरासीको गैँडाकोटमा स्थापना हुने विश्वविद्यालय स्वतन्त्र ढङ्गले सञ्चालन हुनेछ । सञ्चालनका लागि २१ जनाको बोर्ड रहेको छ । सोही बोर्डको सिफारिसको आधारमा सरकारले तयारी समितिमा पदाधिकारी नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्