१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगानिस्तानको सीमा क्षेत्रमा दुई पाकिस्तानी सैनिकको हत्या


0
Shares

एजेन्सी । अफगानिस्तानको पिकाटिका प्रान्तमा अज्ञात बन्दुकधारीको गोली प्रहारबाट दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

अफगानिस्तानको सीमा नजिकै सुरक्षामा रहेका पाकिस्तानी सैनिकको गोली हानी हत्या गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उत्तरी पाकिस्तानस्थित बजिरिस्तान क्षेत्रको सैनिक चेकपोष्टमा अज्ञात समूहको आक्रमणमा ती सैनिक मारिएको पाकिस्तानी सेनाले दावी गरेको छ ।

यता पाकिस्तानले आफ्नो मुलुकमा आतंकवादी गतिविधि सञ्चालनका लागि अफगानिस्तानको प्रयोग भएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

पाकिस्तानले उक्त घटना पूर्वी अफगानिस्तानमा रहेको तहरीक ए तालिबानी पाकिस्तानले आक्रमण गरेको दावी गरेको छ ।

तर अफगानिस्तानले भने उक्त आक्रमण र पाकिस्तानको आरोपप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

पछिल्लो समय अफगानिस्तानले पाकिस्तानसँगको २६ सय किलोमिटर सीमा क्षेत्रमा तारबार लगाउने पाकिस्तानको निर्णयको विरोध गर्दै आएको छ ।

पाकिस्तानले सन् २०१७ मा एकपक्षिण् रुपमा सीमा सुरक्षाका लागि भन्दै तार बार लगाउन थालेपछि अफगानिस्तानले यसको विरोध गर्दै आएको छ ।