१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


जेभियर इन्टरनेशनललाई ‘वर्ल्ड लिडर समिट’ अवार्ड


0
Shares

काठमाडौं । काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जितेको छ ।

शैक्षिक क्षेत्रमा पुर्‍याएको अतुलनिय योगदान, अनलाईन शिक्षामा अव्वल भई विश्व वजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेशनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो ।

क्याम्व्रिज विश्वविधालयको ए लेभलमा विश्व टप ३ पटक, नेपाल टप २७ पटक, वोर्ड टप २ पटक भई उत्कृष्ट रिजल्ट दिई शैक्षिक गुणस्तर कायम गर्न सफल र उत्कृष्ट पुर्वाधार सहितको युग सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित भएको जेभियर इन्टरनेशनल कलेज कालोपुलका सिईओ लोक बहादुर भण्डारीले बताउनुभयो।

इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट,कल्चर एन्ड एजुकेसन) नामक दुवईको संस्थाले विश्वभरीबाट जेभियर इन्टरनेशनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोले सो सम्मान प्रदान गरेको जेभियर कलेजले जनाएको छ ।

जेभियर इन्टरनेशनल कलेज कालोपुल यस अघिपनी विभिन्न सन् २०१९मा अन्तर्राष्ट्रिय स्कुल अवार्डमा सम्मानित भएको थियो ।