
काठमाडौं । यातायात व्यवस्था विभागले निषेधाज्ञाका कारण रोकिएको सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा लिने तयारी गरेको छ ।
हाल देशभरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या चार लाख भन्दा धेरै छ । यो संख्या गत पुस २९ देखि निषेधाज्ञा अघिसम्म देशभरका यातायात कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो ।
निषेधाज्ञा पूर्ण रूपमा खुल्नेबित्तिकै सवारी चालक अनुमतिपत्रको लागि आवेदन दिनेहरूको परीक्षा लिने विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । ईमेजकर्मी दीपक श्रेष्ठले महानिर्देशक घिमिरेसँग गर्नुभएको कुराकानी–
प्रतिक्रिया दिनुहोस्