१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई दिनको गिरावटपछि नेप्सेमा दोहोरो अंकको सुधार, होटलका लगानीकर्ताले बढी कमाए


0
Shares

काठमाडौं । दुई दिनको गिरावटपछि कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । दिनभर उतारचढावकाबीच बजार परिसूचक ‘नेप्से’ १९ अंकले बढेर २ हजार ८ सय ४३ विन्दुमा पुगेर रोकिएको छ ।

बिहीबार निर्जीवन बीमाका लगानीकर्ताले ०.०४ प्रतिशत गुमाउँदा अन्य समूहमा हरियाली छाएको छ । यसदिन सबैभन्दा बढी होटल तथा पर्यटन समूह ३.९, विकास बैंक ३.६, फाइनान्स २.९ र अन्य समूह १.७ प्रतिशतले बढेका छन् ।

यसदिन ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीका शेयरधनीहरूले सबैभन्दा बढी कमाएका छन । त्यसैगरी कुमारी इक्युटी फण्ड ३.३, प्रभु सेलेक्ट फण्ड र राधी हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

बिहीबार २ सय २४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रुपैयाँको कारोबार भएको छ ।