२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आफ्नो क्याप्टेन छाडेर अर्काको टीमबाट खेल्न पाइँदैन, बरु टीम त्याग्न पाइन्छ– वरिष्ठ अधिवक्ता महतो


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटको मुद्दामा संवैधानिक इजालासमा सरकार पक्षबाट बहस जारी छ । बहसका क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र पाण्डेले एउटा प्रधानमन्त्री भएको अवस्थामा अर्को प्रधानमन्त्री बन्न नसक्ने तर्क गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘एउटा एउटा कमान्डर एमालेका नेता केपी शर्मा ओली भएको अवस्थामा शेरबहादुर देउवाले मलाई कमाण्डर बनाइपाउँ भन्न मिल्दैन ।’

अहिले अवस्थाम टीम क्याप्टेन ओली भएकाले टीम छाड्न पाए पनि मलाई पनि क्याप्टेन बनाउनपर्यो भन्न नमिल्ने तर्क गर्नुभयो ।

‘बहुदलीय शासन प्रणालीमा संसदीय दलको नेता कमाण्डर हुने भएकाले कमाण्डरको नीतिअनुसार टीमका सदस्यले क्रियाकलाप गर्नुपर्ने वरिष्ठ अधिवक्ता महतोको भनाइ छ । उहाँले टीममा नबस्न पाइने भए पनि टीममा बसेर टीमाविरुद्धका क्रियाकलाप गर्न नपाइने तर्क गर्नुभयो ।

महतोको तर्कपछि प्रधानन्यायाधीश राणाले प्रश्न गर्दै सोध्नुभयो, ‘प्रतिनिधिसभाका सदस्य पार्टीप्रति उत्तरदायी हुन्छन्, साथसाथै जनता र संसद्प्रति पनि दायित्व हुन्छ, उहाँहरूको संसद् विघटन हुन थालेपछि संसद् जोगाउने अधिकार पनि त हुन्छ होला नि ?’ जवाफमा महतोले दलको सदस्य भएपछि दलको निर्णय मान्नुपर्ने बताउनुभयो ।

यस्तै राणाले ललित बस्नेतले पेश गरेको लिट्रेचरको विषय निकाल्दै प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्री बन्न सांसदको हस्ताक्षर भए पुग्छ भन्ने छ, सांसदको हस्ताक्षर भए अरू केही चाहिँदैन भन्ने छ नि ?’

जवाफमा महतोले धारा ७६(५) भनेको (२) को परिमार्जित रूप भएको तर्क गर्दै (५)मा (२)ले भ्यालू एड गरेको दाबी गर्नुभयो ।

‘अर्को टिमको खेलाडीलाई मेरो टीममा ल्याएर खेलाउन पाइँदैन, ओली एमालेका क्याप्टेन हुन्, आफ्नो क्याप्टेन छाडेर अर्काको टिमबाट खेल्न जान पनि मिल्दैन,’ उहाँले भन्नुभयो, ‘बरु टीम त्याग गर्न मिल्छ, अर्को टिमको क्याप्टेनले पनि अर्काको टिमको खेलाडी लिएर खेल्न पाउँदैन, खेलको नियम मान्नू पर्छ ।’

महतोको यी तर्क नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षरप्रति लक्षित छ ।