
फाइल तस्वीर
उदयपुर । बेलका नगरपालिकास्थित सप्तकोसी टप्पुमा कबुलियत वन बनाउने निर्णय पछि स्थानीय र प्रहरीबीच झडप भएको छ ।
वर्षाैंदेखि स्थानीय बासिन्दाले उपभोग गर्दै आएको १ सय ७६ हेक्टरमा फैलिएको वनलाई कबुलियती वन बनाउने घोषणा गरेपछि स्थानीयले त्यसको विरोध गरेका हुन् ।
नगरपालिका घेराउ गर्ने क्रममा आज स्थानीय र प्रहरीबीच झडप हँुदा ४ प्रहरी र डेढ दर्जन भन्दा बढी सर्वसाधरण घाइते भएका हुन । प्रहरीले भिड नियन्त्रण गर्न २५ सेल अश्रुग्यास र १० राउन्ड हवाइ फायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्