१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विशेषज्ञलाई प्रश्न, ‘कोभिड संक्रमितलाई कालो ढुसीको समस्या किन देखिन्छ ?’ (अन्तर्वार्ता)


26
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमण भएका २६ जनामा कालो ढुसी अर्थात म्यूकोर्माइकोसिस देखिएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमितमा निकै फैलिएको कालो ढुसीको संक्रमणबाट नेपालमा हालसम्म तीन जनाको मृत्यु भइसकेको छ भने दुई जनाले आँखाको ज्योति गुमाएका छन् ।

आँखा, नाक, मस्तिष्कमा बढी असर गर्ने यस्तो संक्रमण मधुमेहका रोगीहरूमा बढी देखिएको चिकित्सकहरू बताउँछन् । म्यूकोर्माइकोसिस रोग ४० वर्ष माथिका व्यक्तिमा बढी देखिएको छ ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मात्र कालो ढुसीका १६ संक्रमित भर्ना भएका थिए । कोभिड भएकालाई कालो ढुसी संक्रमणको कारण, प्रभावित समूह र उपचारको सन्दर्भमा ईमेजकर्मी प्रज्ञा तिमल्सीनाले त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रविन्द्र प्रधानाङ्गसँग कुराकानी गर्नुभएको छ ।