
काठमाडौं । कांग्रेसका तीन नेताले १३ औं महाधिवेसनमा सभापति बाहेकका प्रत्यासीसँग बोलाएको छलफल स्थगित भएको छ ।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले बोलाएको भेला स्थगित भएको हो । कोइराला निवास टोखामा आजका लागि बोलाइएको केन्द्रीय सदस्यहरु सँगको छलफल स्थगित भएको नेता प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा विज्ञप्ती जारी गर्दै उहाँले क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि बोलाइएको छलफल स्थगन गर्नुपरेको बताउनुभयो ।
विज्ञप्तीमार्फत नेता सिंहले महाधिवेशन केन्द्रित रहेर भएको छलफलप्रति आम चासो रहेको भन्दै तीन नेताबिचको संवादले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको सबैले महसुश गराएको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्