२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीको ढुंगाखानी लोप हुँदै


0
Shares

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकास्थित स्लेट ढुंगा खानी ओझेलमा पर्दै गएको छ । विदेशबाट आयातित संगमरमर भन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी व्यवस्थित रुपमा सञ्चालन हुन नसक्दा ओझेलमा परेको हो ।

ढुङ्गा खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सके स्थानीयले रोजगारी पाउने भए पनि स्थानीय सरकारले चासो दिएको छैन् । म्याग्दीको स्लेट र ढुङ्गा गुणस्तरका दृष्टिकोणले उत्कृष्ट मानिन्छ ।

प्रविधि र प्रशोधनको व्यवस्था हुन नसक्दा यहाँको स्लेट ढुंगा खानीले बजार पाउन सकेको छैन् । म्याग्दीका सात ठाउँमा स्लेट खानी रहेका छन् ।

म्याग्दी स्लेट ढुंगाखानी र जडिबुटीका लागि महत्वपूर्ण भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । पर्वत, बागलुङ, काँस्की, स्याङ्जा, अर्घाखाँची लगायतका जिल्लाबाट घर छाउन लागि यहाँको ढुंगाको माग आउने गरेको छ ।