१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेलिना र आरसीको स्वरमा ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक


0
Shares

काठमाडौं । चर्चित एवं लोकप्रिय गायिका मेलिना राई र गायक आरसी रिमालको स्वरमा नयाँ म्यूजिक भिडियो ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक भएको छ ।

शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा दीपक सिलवालको शब्द तथा संगीत रहेको छ । साहस शाक्यले एरेन्ज गरेको गीतलाई चन्द्रा चौधरीले मिक्सिङ गरेका हुन् । गीतको कोरसमा भुसन खतिवडा, मिना सिंह, सुष्मा लिम्बु र स्वयं गायक रिमालकै स्वर छ ।

वैवाहिक समारोह केन्द्रीत गीतको भिडियो पनि दमदार बनेको छ । माइकल चन्द निर्देशित भिडियोमा कार्टुन्ज क्रुका दुई सदस्य सरोज अधिकारी र आश्मा विश्वकर्माका साथै शिशिर भण्डारी, रिता कट्टेल र बाल कलाकार किञ्जल रसाइलीको अभिनय छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईँले खिच्नुभएको भिडियोलाई शिलन लम्सालले छायांकन गरेका हुन् ।