१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्पेन र इटाली युरोकप फुटबलको सेमिफाइनलमा


0
Shares

एजेन्सी । बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।

जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ ।अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

गएराति नै भएको पहिलो खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको आठौं मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक–शून्यले अगाडि रहेको थियो ।

त्यसपछि खेलको ६८ औं मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो । स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो ।

खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । आज क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा अजरबैजानको बाकुमा पौने १० बजे चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा स्टाडियो ओलम्पिकोमा पौने १ बजे युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् ।