
म्याग्दी । निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा अहिले चहलपहलका काराण कोरोना संक्रमणको जोखिम बढेको छ ।
लामो समयदेखि सञ्चालन नभएको व्यापार, व्यवसाय सबै सञ्चालनमा आएपछि बजारमा लापरवाही बढ्दै गएको छ ।
सामाजिक दूरीको समेत ख्याल नराखेको पाइएको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयबाट भुक्तानी लिने र बजारमा सामान खरिदका लागि आउनेको संख्या ह्वात्तै बढेको छ ।
हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार ५२९ जना पुगेको छ । जिल्लामा २०० जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्